किन हुन्छ पाठेघरको मुखको क्यान्सर ? ( भिडियो सहित )

    • स्वास्थ्य पेज

  • ९ पुष २०७८, शुक्रबार

विश्वमा देखिएका महिलामा हुने क्यान्सर रोगमध्ये पाठेघरको मुख गर्भाशय को क्यान्सर प्रमुख रहेको छ । पाठेघरको मुखमा असामान्य परिवर्तन हुन गई त्यहाँ रहेका कोष–कोषिकामा अनावश्यक, असमान्य र अनियन्त्रित रूपले वृद्धि भएका गिर्खा वा घाउलाई पाठेघर मुखको क्यान्सर भनिन्छ ।

पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर ) बारे नेपालमा धेरै महिलालाई थाहा नहुन सक्छ । त्यसैले, रोग लागेको तेश्रो वा चौथो स्टेजमा मात्र महिलाहरु पाठेघरको मुखको क्यान्सर सम्बन्धि समस्या लिएर चिकित्सकहरुका पुग्ने गर्छन् । जसका कारण उक्त रोगको उपचार गर्न चिकित्सकलाई निकै कठिन हुने गर्छ ।

जबकी समयमै जानकारी भएको अवस्थामा पाठेघरको मुखको क्यान्सर निको हुन्छ ।

कसरी हुन्छ संक्रमण

  • धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा
  • सानै उमेरमा बिवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा
  • सानै उमेरमा बच्चा जन्माएमा
  • धेरै बच्चा जन्माएमा
  • पटक पटक गर्भपतन गराएमा

लक्षणहरु

  • यौन सम्पर्क गर्दा रगत देखिने
  • महिनावारी नभए पनि रगत देखिने
  • महिनावारी अनियमित हुनु
  • सेतो गन्हाउने पानी आउने
  • पेट दुखिरहने
  • यौन सम्पर्क गर्दा दुख्ने समस्या
  • गुप्ताङ्गबाट असामान्य तथा अस्वाभाविक तरल पदार्थ बग्नु

क्यान्सरले एक चरण पार गरेपछि मात्र लक्षण देखिने हुँदा यसको नियमित जाँच पहिलो आवश्यकता हो। पाठेघर मुखको क्यान्सरको लाग्न लागेको आठ÷दस वर्ष अगाडिको सुरुको अवस्थामा निदान गरी उपचार गर्न सकियो भने यो क्यान्सर लाग्दैन ।

परीक्षणका अनेक विधि छन् । सबैभन्दा सहज विधि प्याप स्मेयर र भीआईए परीक्षण हो । त्यसैले समय समयमा विशेषज्ञ चिकित्सकहरुको सल्लाह बमोजिम विभिन्न जाँचहरु र स्वास्थ्य परीक्षण गरिरहनुपर्छ ।

थप जानकारी भेरी अस्पतालमा कार्यरत प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.एलिश श्रेष्ठसँग गरिएको भिडियो कुराकानीमा हेर्नुहोस् ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech