बाँकेमा थप तीन जनामा कोरोना भाइरस संक्रमण

    • स्वास्थ्य पेज

  • ९ पुष २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ४९ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १३ नमुना परीक्षण गर्दा १ जना, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् भने १ जना दाङका हुन् । बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९३ रहेको छ । यस्तै ३ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ३८ पुगेको छ ।

  • ९ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech