फत्तेवाल आँखा अस्पतालद्धारा बैजनाथमा निःशूल्क आँखा शिविरको आयोजना

    • स्वास्थ्य पेज

  • ८ पुष २०७८, बिहीबार

नेपालगन्जः बाँकेको बैजनाथमा वृह्त निःशूल्क आँखा शिविरको आयोजना गरिएको छ ।

यही पुष १२ गतेदेखि २१ गतेसम्म चल्ने शिविरको फत्तेवाल आँखा अस्पताल फुलटेक्रा नेपालगन्ज र तेज कोहली रुइत फाण्डेसन काठमाडौंको सहकार्यमा हुन लागेको हो । ४० वर्ष भन्दा माथिका व्यक्तिहरुका लागि विशेष लाभदायी रहेको यो शिविरमा मोतिविन्दु अप्रेशनका लागि छनौट भएका विरामीले फत्तेवाल आँखा अस्पतालमा निःशूल्क सेवा पाउने छन् ।

तर अप्रेशसनका लागि अस्पतालमा गरिनु पर्ने प्याथोलोजी जाँचका लागि रु दुई हजार र बी स्केन जाँचका लागि रु दुई हजार पाँचसय रुपैयाँ शूल्क लाग्नेछ ।

१२ गते स्वास्थ्य चौकी चिसापानी, १३ गते वडा कार्यालय डिघिया, १४ गते वडा कार्यालय नौवस्ता, १५ गते वडा कार्यालय वानियाभार, १८ गते प्राथमिक स्वास्थ्य केन्द्र बनकटवा, १९ गते सम्झना आधारभूत विद्यालय सम्झना चोक, २० गते वडा कार्यालय पेडारी र २१ गते स्वास्थ्य चौकी टिटिहिरियामा निःशूल्क आँखा शिविरको आयोजना गरिएको छ ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech