गुलाबी ओठ कसरी बनाउने ?

    • स्वास्थ्य पेज

  • ८ पुष २०७८, बिहीबार

सुन्दर, मुलयाम तथा गुलाबी ओठ बनाउन कसलाई मन पर्दैन र ? तर चाहँदैमा सबैसंग यस्तो प्रकारको ओठ हुदैन । कतिपयका ओठ कालो, हल्का निलो समेत हुने गर्छ । अहिले धेरै ब्यक्ति घरमै फुर्सदमा बसेको अवस्थामा आफ्नो ओठको केही स्याहार गरेमा ओठमा चमक ल्याउन सकिन्छ ।

लिपबाम

एसपीएफ २० समावेश भएको लिपबाम र लिपस्टिक प्रयोग गर्नुपर्छ । एसपीएफ ३० भन्दा माथिको लिपबाम प्रयोग गर्नु हानिकारक मानिन्छ । ओठ अत्यन्तै नरम हुने भएकाले यसले धेरै साइड इफेक्टहरू निम्त्याउन पनि सक्छ ।

मृत छाला हटाउने

चिनी र महको प्याकले ओठका मृत छाला हटाउनका लागि  प्रभावकारी मानिन्छ । राती सुत्नुअघि बदामको तेलले ओठमा मुलायम ढंगले मसाज गर्दा ओठको ओसलाई कायम राख्न सक्छ । ध्युकुमारीको जेलमा मिसाएर पनि ओठका मृत छाला हटाउन सकिन्छ ।

पानी पिउने

पानीको अभावले ओठ पनि कालो हुन सक्छ, त्यसैले दैनिक प्रशस्त मात्रामा पानी पिउनुपर्छ । साथै नरिवलपानी, जुस, सुप तथा खरबुजा जस्ता फलफुलको सेवनले शरिरमा पानीको मात्रा घट्न दिदैन् ।

कागती, आलु र चुकन्दर

सुत्नु अघि ओठमा नियमित कागती, आलु र चुकन्दरको रस लगाइ बिहान धुने गर्नुपर्छ । यस किसिमको उपचारले ओठको कालोपन हराएर गुलाबी बन्दै जान्छ ।

स्याउनको रस

पानीमा केही थोपा स्याउको रस मिलाएर हरेक दिन ओठमा लगाउनाले ओठमा प्राकृतिक रुपमा गुलाबीपन बढ्नेछ ।

 

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech