नेपालगन्ज: बाँकेमा कोरोना संक्रमण शुन्य भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा ४९ जनाको नमुना परिक्षण गर्दा कसैमा पनि कोरोना देखिएन ।
बाँकेमा अहिलेसम्म गरिएको नमुना परिक्षणमा संक्रमण दर शुन्य भएको यो पहिलो पटक हो ।
भेरीमा १२, मेडिकल कलेज कोहलपुरमा ३१ र बागेश्वरी ल्याबमा ६ जनाको नमुना जाँच गरिएको थियो ।