सम्भावित तेस्रो लहरको चुनौतिसंग जुध्न अस्पताललाई तयारी अबस्थामा रहन सरकारको निर्देशन

    • स्वास्थ्य पेज

  • ७ पुष २०७८, बुधबार

नेपालगन्ज: सरकारले कोरोनाको सम्भावित तेस्रो लहरको चुनौतिसँग जुध्नेबारे तयारी अवस्थामा रहन मुलुकभरका अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले उक्त जानकारी दिनुभयो ।

छिमेकी मुलुकमा ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएको सन्दर्भमा नेपालले अपनाउनुपर्ने मापदण्ड र सतर्कता तथा पछिल्लो परिस्थितीबारे जानकारी दिन मन्त्री खतिवडाले ब्रिफिङमा बोल्नु भएको हो।

उहाँले अस्पतालहरुलाई अक्सिजनसहितका उपचारलाई तयारी अवस्थामा रहन पत्राचारसहित निर्देशन दिइएको बताउनुभयो ।

सीमा नाका हुँदै भारतबाट आउनेहरुलाई कडाइपूर्वक परीक्षण तथा क्वारेन्टिनमा राख्न सरकारले काम गरिरहेको बताउँदै हवाइमार्गबाट आउनेलाई पनि कडाइ गरिएको बताउनुभयो ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech