रक्तक्यान्सर जितेका मिनबहादुर, कसरी हुन्छ रक्तक्यान्सरको उपचार ?

    • स्वास्थ्य पेज

  • ७ पुष २०७८, बुधबार

तस्विरः रक्तरोग तथा वोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा झासहित मिनबहादुर र पत्नि तुलसा

नेपालगन्जः प्यूठान नगरपालिका–१ का मिनबहादुर बस्नेतलाई बाँचिएला भन्ने लागेकै थिएन् । तीन वर्ष अघिको स्मरण गर्दै ५१ वर्षीय बस्नेतले भन्नुभयो–‘त्यसमा पनि रक्तक्यान्सर ।’

तर ‘सास रहुञ्जेल आस’ भने झै उहाँले हार खानु भएन् । काठमाडौंका ग्राण्डी, अल्का, सिविल, चितवनको भरतपुर क्यान्सर अस्पताल हुँदै उहाँ भक्तपुर क्यान्सर अस्पतालमा पुग्नुभयो ।

त्यही भेटिनुभयो डा अजय कुमार झा । उहाँले रक्तक्यान्सरको उपचार सम्भव भएको बताउनुभयो । र, उपचार सुरु गर्नुभयो । त्यही उपचारले उहाँ रक्तक्यान्सरजस्तो गम्भीर रोगलाई पराजित गर्दै पुनःजन्म पाउनुभएको छ ।

नेपालगन्जको कान्ति आरोग्य केन्द्रमा डा झालाई फ्लोअप रिपोर्ट देखाउन आउनुभएका बस्नेतले भन्नुभयो–‘मैले पुनःजन्म पाए, खुसी छु ।’ उहाँ रक्तक्यान्सरबाट मुक्त हुनुभएको छ ।

‘रोग पहिचानमै हामीले लाखौं रुपैयाँ खर्च गर्यौं सँगै रहेकी मिनबहादुरकी श्रीमति तुलसाले भन्नुभयो–‘भक्तपुर क्यान्सर अस्पतालमा उपचार सुरु गरिएपछि उहाँलाई ठिक भयो र, क्यान्सरलाई जित्नुभयो ।

मिनबहादुरलाई एएमएल (एक्युट माइलोइड ल्युकेमिया) क्यान्सर भएको डा झाले बताउनुभयो । ‘यो निकै जटिलखालको क्यान्सर हो उहाँले भन्नुभयो–‘समयमै उपचार सम्भव नभए मानिसहरु मृत्युको मुखमा पुग्छन् ।’

रक्तक्यान्सर के हो ? कसरी हुन्छ उपचार ?
चिकित्सकका अनुसार रक्त कोषिकाको असामान्य विकासलाई रक्त क्यान्सर भन्ने गरिन्छ । बोनम्यारोमा प्रारम्भिक कोषिका रहेको हुन्छ, जसले रातो रक्त कोषिका, सेतो रक्तकोषिका तथा प्लेट्लेट्स निर्माण गर्न एउटा आधार बनाउँछ । यही बोनम्यारोमा भएको प्रारम्भिक कोषिका जसको असामान्य वा जाँच नगरिएको अवस्थालाई रक्त क्यान्सर भन्ने गरिन्छ ।

सामान्यतयाः रक्तक्यान्सर दुई प्रकारका हुन्छन् ।

एएलएल (एक्युटलिम्फोब्लाष्टिक ल्युकेमिया)

– १६ वर्ष उमेर मुनीका बालबालिकामा धेरै देखिने क्यान्सरलाई एक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया (एएलएल) भनिन्छ

– प्रभावकारी रुपमा उपचार गरेको अवस्थामा ७०–७५ प्रतिशत विरामी निको हुन्छ

– उपचार गर्न साधारणतयाः दुई देखि तीन लाख रुपैया खर्च लाग्छ ।

एएमएल (एक्युट माइलोइड ल्युकेमिया)

– युवा तथा वृद्धवृद्धामा देखिने एक्युट माइलोइड ल्युकेमिय (एएमएल) विशेषगरी १६ वर्ष माथिका व्यक्तिहरुमा देखिन्छ

– उही उपचार भएमा ५० देखि ६० प्रतिशतसम्म निको हुन्छ

– बोनम्यारो प्रत्यारोपण गरेमा यस्ता विरामी बाच्ने सम्भावना ६० देखि ६५ प्रतिशतसम्म हुन्छ

– यस किसिमको क्यान्सरको उपचार पद्धति जटिल तथा महँगो हुन्छ । यसका लागि उपचार गर्न कम्तीमा पनि सात देखि आठ लाख रुपैयाँ खर्च लाग्छ

– वृद्धवृद्धामा समेत सामान्य मानि ने यस्ता क्यान्सरमा विरामीकोे आयु लम्याउने गरी उपचारको विधि अपनाइन्छ ।

यस्ता क्यान्सर दुई किसिमको हुन्छ

-वंशाणुगत

-एक्वार्यड क्यान्सर

सामान्यतयाः बालबालिकामा देखिन यस्ता क्यान्सर वंशाणुगतका कारणले बढी हुन्छ । त्यसैले बच्चाहरुमा देखिने प्रायः क्यान्सरहरुमा खराब जिन तथा वंशाणुगत कारण बढी हुन्छ । विशेषगरी, कुनै पुस्तामा खराब जीन छ , र त्यस्ता जीन यदी कुनै नयाँ पुस्तामा गएर सक्रिय भएमा क्यान्सर गराउन सक्छ जबकी एक्वार्यड क्यान्सरमा जीन वा वंशाणुगत भन्दा अन्य तत्व हावी हुने गर्दछ ।

किन हुन्छ क्यान्सर ?

१–अस्वस्थ्यकर जीवनशैली

२– गलत खानपान, खानामा हानीकारक विषादीको प्रयोग, किटनासक औषधीका प्रयोग

३– वातावरण प्रदुषण÷ धुमपान, मद्यपान

४–घामको विकिरण

यावत कारण क्यान्सरकोे जोखिम हुन्छ । यस्ता तत्वमा कार्सिनोजेनिक तत्व रहेको हुन्छ, जसले शरीरमा क्यान्सरको जोखिम बढाउने गर्छ । यस्ता क्यान्सरलाई उपचार गरेको अवस्थामा त्यो शरीरमा भएको अन्य प्रकारको क्यान्सरको लागि घातक हुन सक्दछ । किनकी क्यान्सरमा प्रयोग गरिने औषधी तथा विकिरणले पनि क्यान्सर गराउन सक्दछ ।

सामान्यतयाः मानिस वृद्ध हुँदै जाँदा शरीरमा वि भिन्न परिवर्तनहरु आउने गर्छ, त्यही परिवर्तनका दौरान जीवनकोे कुनै काल क्षणमा गएर शरीरमा भएका राम्रा कोशिका खराब कोशिकामा परिणत भई क्यान्सरको समस्या हुने गर्दछ ।

तस्विरः रक्तरोग तथा वोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा झा

तस्विरः रक्तरोग तथा वोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा अजय कुमार झा

रक्त क्यान्सर कसरी थाहा पाउने

रगतमा तीन वटा तत्व मुख्य हुन्छ ।

१– रातोरक्त कोषिका

२– सेतो रक्तकोषिका

३– प्लेटलेट्स

यी सबै कोषिका बोनम्यारोमा बन्ने गर्दछ । यस अर्थमा रक्त क्यान्सर बोनम्यारोबाटै सुरु हुुने गर्दछ । रक्त क्यान्सर भएमा तीनवटै तत्वमा तलमाथी पर्दछ ।

उदाहरणको लागि शरीरमा हेमोग्लोविन अर्थात रातो रक्तकोषिको कमी भएमा रक्तअल्पता हुने गर्दछ । रक्तअल्पता हुँदा छिटो थाक्ने, स्वाँ स्वाँ हुने, सास फुल्ने, चक्कर लाग्ने , बेहोसी जस्ता हुने, एकाग्रता नहुने र शरीर सेतो भएर जाने गर्दछ ।

त्यस्तै, शरीरमा सेतो रक्तकोषिकाको कमी भएमा रोगसित लड्ने क्षमतामा कमी आउने गर्दछ । साथै शरीरमा विभिन्न रोगको संक्रमण हुने, निमोनिया हुने गर्दछ ।

प्लेटलेट्सको कमी भएमा शरीरका विभिन्न अंगहरुबाट आन्तरिक तथा बाह्य रक्तश्राव हुने गर्दछ । यस्ता समस्या भएमा कोषिकामा गडबडी भएको बुझ्नु पर्छ । अझ रक्त क्यान्सर भएको आंशका गर्न सकिन्छ ।

रक्तक्यान्सर भएमा यस्ता लक्षण देखा पर्ने गर्दछ ।

-जोर्नी दुख्ने

-जोर्नी सुन्निने

-ज्वरो आउने

यसबाहेक, रक्त क्यान्सर भएमा २–४ हप्तामै गम्भीर समस्या देखिने गर्दछ ।

कसरी बच्ने त ?

धुुमपान, मद्यपान नगर्ने

लागु पदार्थ सेवनबाट टाढा रहने

रक्त क्यान्सर र अन्य क्यान्सर

(भक्तपुर क्यान्सर अस्पतालका रक्तरोग तथा वोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा झा नेपालगन्जस्थित कान्ति आरोग्य केन्द्रमा महिना–महिनामा आउनुहुन्छ)

 

 

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech