स्वास्थ्यका कर्मचारीको स्तरवृद्धिका लागि आवेदन माग

    • स्वास्थ्य पेज

  • ६ पुष २०७८, मंगलवार

नेपालगन्जः स्वास्थ्य सेवा विभागले स्तरवृद्धि हुन योग्यता पुगेका कर्मचारीहरुलाई आवेदन पेस गर्न सूचना सार्वजनिक गरेको छ।

यसअघि विभागले स्तरवृद्धिको जिम्मेवारी प्रदेशलाई दिने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका कारण केहि समय देखि स्तरवृद्धिको आवेदनमा रोक लगाएको थियो।

स्वास्थ्य मन्त्रालयले तत्काललाई विभागबाटै स्तरवृद्धि गर्ने र प्रदेशलाई जिम्मा दिने विषयमा सामान्य प्रशासन मन्त्रालयको राय लिने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम चौथो तह देखि छैठौं तहका स्वास्थ्यतर्फका कर्मचारीको स्तरवृद्धि विभागबाटै हुने भएको हो।

विभागका अनुसार कर्मचारीहरुले पौष मसान्तसम्म आवेदन पेस गर्न सक्नेछन् ।

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech