ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ, सकेसम्म भिडभाड हुने कार्यक्रम रद्द गर्नुस्ः डब्लुएचओ

    • स्वास्थ्य पेज

  • ६ पुष २०७८, मंगलवार

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस। तस्बिर : राेयटर्स

नेपालगन्जः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिदाको समयमा फैलिन सक्ने भन्दै चेतावनी दिएको छ ।

क्रिसमस तथा नयाँ वर्षको बिदा पारेर हुने यात्राका क्रममा ओमिक्रोनको संक्रमण फैलिन सक्ने भन्दै यात्राका केही योजनाहरु रद्द गर्न समेत डब्लुएचओले आग्रह गरेको छ ।

डब्लुएचओका प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले भन्नुभयो–‘जीवन नै गुमाउने भन्दा केही कार्यक्रमहरु रद्द गर्नु उपयुक्त हुन्छ । यो कठिन निर्णय हो तर गर्नै पर्ने चाहिँ हो ।’

डेल्टा भन्दा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको तथ्य रहेको उहाँले बताउनुभयो ।

५० भन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोन निकै संक्रमक रहेको प्रारम्भीक तथ्यहरुले देखाएका छन् । संक्रमण रोक्नका लागि विभिन्न देशहरुले प्रतिबन्धात्मक नियम कडा पारेका छन् ।

युरोपमा फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन्, नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेको छ ।

हाल कायम रहेका खोपको थप अर्थात बूस्टर मात्रा ओमिक्रोनको संक्रमण रोक्न वा कम्तीमा गम्भीर बिरामी हुनबाट जोगाउने देखिएको छ ।

सोही कारण अमेरिकासहितका देशले बूस्टर मात्राका लागि जोड दिइरहेका छन् । पछिल्लो एक अध्ययन अनुसार हालको खोपको बूस्टर मात्रा ओमिक्रोन भेरियन्टविरुद्ध कम्तीमा गम्भीर बिरामी रोक्न ८५ प्रतिशत प्रभावकारी हुने देखिएको छ ।

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech