‘बाँकेमा करिव दुई लाखले गरे कोभिड खोपको मात्रा पूरा ’

    • स्वास्थ्य पेज

  • ६ पुष २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा करिव दुई लाखले कोरोना विरुद्धको खोपको मात्रा पूरा गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको मात्रा पूरा गरेका हुन् ।

खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका चार लाख छ हजार एक सय ६५ जनामध्ये ४८.६ प्रतिशतले खोपको दोस्रो मात्रा पूरा गरेका हुन् । पहिलो डोज लगाउनेको संख्या भने दुई लाख ६४ हजार चार सय ९१ छ ।

यो हिसावले हेर्दा ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । अझै जिल्लामा एक लाख ४१ हजार छ सय ७४ जना मानिसहरु खोपको पहुँचदेखि बाहिर छन् । ती व्यक्तिहरुलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठवटै पालिकाहरुमा शनिवारबाहेक अन्यबारे नियमित खोप लगाउने अभियान चलिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका आठवटै पालिकाका स्वास्थ्य शाखा, खोपसँग सम्वन्धित सरोकारवाला निकायलगायतसँग यसै बिषयमा छलफल गर्न मंगलवारदेखि नेपालगन्जमा समिक्षा गोष्ठि सुरु भएको छ ।

गोष्ठि उद्घाटनमा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सबैलाई खोपको पहुँचमा ल्याउन कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले कोरोना महामारीको जोखिम कायमै रहेकाले खोप लगाउन लक्षित समूहलाई आग्रह गर्नुभयो ।

  • ६ पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech