आज ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप नेपाल आउँदै

    • स्वास्थ्य पेज

  • ५ पुष २०७८, सोमबार

नेपालगन्जः नेपालमा आज एकैदिन ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप आउने भएको छ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार डोज खोप आउन लागेको हो।

आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार भारतबाट १८ लाख ७० हजार ५०० डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आउने भएको हो।

कोभिसिल्ड कोभ्याक्स सुविधा अन्तर्गत र भेरोसेल खोप एसियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा खरिदको खोप हो।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech