जाडोमा च्यवनप्रास खाँदा के फाइदा ?

    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

नेपालगन्जः साना–ठूला सबै मानिसका लागि पोषणयुक्त चीज हो, च्यवनप्राश । हाम्रो स्वास्थ्यको रोग प्रतिरोधी क्षमता बढाउन भूमिका खेल्ने च्यवनप्राश विभिन्न कम्पनीले उत्पादन गर्ने गरेका छन् ।

अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा जस्ता कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् ।

ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर च्यवनप्राश यसमा अग्रणी मानिन्छ । च्यवनप्राश सेवन रोगप्रतिरोधी क्षमता बढाउने एउटा अचूक अस्त्र समेत मानिँदै आएको छ । यसले शरीरका विभिन्न विकार ९जस्तै, वात, पित्त र कफ दोष० हटाउन भूमिका खेल्छ । त्यस्तै यो शारीरिक तन्दुरुस्ती, स्मरणशक्ति, मुटु, पेट र फोक्सोका लागि समेत निकै राम्रो मानिन्छ ।

च्यवन नामक ऋषिले जडीबुटीको प्रयोग गरेर ‘च्यवनप्राश’ नामक औषधि बनाएकोले त्यही नामबाट ब्राण्डको नाम नै च्यवनप्राश राख्ने गरिएको हो । प्राचीन आयुर्वेदिक सूत्रानुसार बनाइने च्यवनप्राशमा अमला, पिपला, अश्वगन्धा, शतावरीसहित ४० भन्दा बढी जडीबुटी मिसाइएको हुन्छ । यसमा जडीबुटीका अतिरिक्त घिउ, मह र तिलको तेलको मात्रा पनि हुन्छ ।

कसरी सेवन गर्ने ?

च्यवनप्राश सिधै वा पानी र दूधसँग मिसाएर खान सकिन्छ । तर मनतातो दूध वा पानीसँग खाँदा थप प्रभावकारी हुन्छ । १२ वर्षमाथिका व्यक्तिले दिनमा दुई चम्चा च्यवनप्राश सेवन गर्दा राम्रो हुन्छ ।

तर एकै पटकको साटो बिहान खाना खानुपूर्व खाली पेटमा १ चम्चा र बेलुका खाना खानु ३० मिनेटअघि १ चम्चा सेवन गर्दा उपयुक्त हुन्छ । ३ देखि १२ वर्षसम्मका बालिबालिकाले यो भन्दा कम अर्थात् बिहान–बेलुका गरी दुई पटक आधा–आधा चम्चा खान सक्छन् ।

च्यवनप्राशले रोग प्रतिरोधी क्षमता  इम्युनिटी वृद्धि गर्छ । च्यवनप्राश नियमित सेवन गर्ने हो भने हाम्रो शरीर फूर्तिलो, हृष्टपुष्ट र तन्दुरुस्त देखिन्छ ।

रगतमा हेमोग्लोबिन र श्वेत रक्तकोषिका उत्पादनमा सघाउने च्यवनप्राशमा भिटामिन ‘सी‘ को मात्रा प्रचुर हुन्छ । अमलाको मात्रा धेरै हुने भएकाले शरीर, रगत, फियो, कलेजो र फोक्सोको शुद्धीकरण (डिटक्सिकेशन)मा यसले ठूलो भूमिका खेल्छ ।

पोषण सप्लिमेन्टको रूपमा सेवन गरिने च्यवनप्राशबाट सबै उमेरका मानिसलाई फाइदा हुन्छ । यसमा भिटामिन ‘सी‘ र डिअक्सिडेन्टको मात्रा अत्याधिक हुने भएका कारण बालबालिका, वयस्क र वृद्धवृद्धाको स्वास्थ्य थप राम्रो बन्छ ।

प्रायः जसो मानिसलाई जाडोयाममा रुघाखोकी लाग्छ । आयुर्वेदमा रुघाखोकी लाग्ने र खकार जम्ने समस्यालाई ‘कफ डिसअर्डर‘ पनि भनिन्छ ।

तर च्यवनप्राश नियमित सेवन गर्दा फोक्सोले पुनर्जीवन पाउने भएकाले रुघाखोकी र श्वासप्रश्वास नलीमा खकार जम्ने सम्भावना कम हुन्छ । त्यस्तै, सास फेर्न गाह्रो हुने वा दमको समस्या पनि कम हुँदै जान्छ । प्रजनन् एवं यौन स्वास्थ्यका लागि समेत च्यवनप्राश निकै फाइदाजनक मानिन्छ ।

केही समयअघि कोभिड–१९ को रोकथाममा डाबर च्यवनप्राशको भूमिका वा प्रभावकारिताबारे भारतमा एउटा अध्ययन भएको थियो । क्लिनिकल परीक्षण स्वरुप गरिएको उक्त अध्ययनमा ६९६ जना व्यक्तिलाई सहभागी गराइएको थियो । सहभागीमध्ये ३५१ जना च्यवनप्राश सेवन गर्ने र बाँकी सेवन नगर्ने व्यक्ति थिए ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech