दुवै डोज खोप लगाएका व्यक्तिको कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

नेपालगन्जः दुवै डोज खोप लगाएका व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ । बैतडी दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

गएको बिहीबार अस्पताल भर्ना भएका थिए । कोभिसिल्डको दुवैमात्रा लगाएका ती वृद्धाको कमजोर स्वास्थ्य अवस्था,अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरिरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ ।

यससँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा हाल तीन जनामात्रै सक्रिय संक्रमित छन्।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech