बाँकेमा कोरोना अपडेटः संक्रमण पुष्टि भएका खजुरा र कोहलपुरका पुरुष

    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

नेपालगन्जः बाँकेमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४८ नमुना जाँच्दा दुई जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा सात वटा नमुना जाँच्दा दुईजनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

बागेश्वरी ल्यावमा ४१ नमुना जाँच्दा कसैमा पनि कोरोना संक्रमण देखिएन् । संक्रमण पुष्टि भएका दुईजना बाँकेका हुन् ।
ती कोहलपुर र खजुराका हुन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार चार सय ९१ पुगेको छ ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech