ओमिक्रोनका कारण नेदरल्याण्ड्समा लकडाउनमा थप कडाइ

    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

नेपालगन्जः कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ ।

नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।

अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म बन्द हुनेछन् ।

घरमा मात्रै दुईजनासम्म पाहुन आउन पाउने छन् । चाडपर्वको बिदाको समयमा चारजनासम्म पाहुना आउन पाउने जनाइएको छ ।

प्रधानमन्त्री मार्क रुटले लागु गरिएका कुनै पनि नियम उल्लंघन गर्न नपाइने बताएका छन् । नयाँ नियम आइतबारदेखि लागु भएको हो ।

हालसम्मकै धेरै उत्परिवर्तन (म्युटेशन)भएको ओमिक्रोनको संक्रमण फैलिँदै गएका कारण युरोपका अधिकांश देशले प्रतिबन्धात्मक नियम लागु गरेका छन् ।

नोभेम्बरको अन्तिम तिर दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्टको संक्रमण हाल विश्वका ८५ भन्दा बढी देशमा फैलिएको छ ।

हालको खोपकै बूस्टर मात्राले ओमिक्रोनविरुद्ध कम्तीमा गम्भीर बिरामी पर्नबाट जोगाउने गरी काम गर्ने प्रारम्भीक अध्ययनहरुले देखाएका छन् । तर प्रभाकारिताबारे विश्वसनीय आधारका लागि थप अध्ययनको खाँचो रहेको वैज्ञानिकहरुले बताएका छन् ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech