खजुरामा आजदेखि तीन दिनसम्म निःशूल्क आँखा शिविर

    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

नेपालगन्जः बाँकेको खजुरामा आजदेखि निःशूल्क आँखा शिविरको आयोजना गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र तेज कोहली रुइत फाउण्डेसन र खजुरा गाउँपालिकाको सहकार्यक्रमा तीन दिने निःशूल्क आँखा शिविरको आयोजना गरिएको हो ।

आज पहिलो दिन स्वास्थ्य चौकी राधापुर र स्वास्थ्य चौकी सीतापुरमा आयोजना भएको छ । यस्तै भोली खजुरा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी रनियापुरमा आयोजना गरिएको आँखा अस्पतालले जनाएको छ ।

यस्तै पर्सि स्वास्थय चौकी सोनपुर र स्वास्थ्य चौकी उढापुरमा आयोजना गरिएको छ । खासगरी यो शिविरले ४० वर्ष उमेर समूह भन्दा माथिका व्यक्तिलाई लाभ पुग्ने विश्वास गरिएको छ । मोतिबिन्दु अप्रेशनका लागि छनौट भएका विरामीले फत्तेवाल आँखा अस्पतालमा निःशूल्क अप्रेशन गरिने छ ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech