रक्त समूह अनुसार कस्तो खानपान उपयुक्त ?

रक्त समूह अनुसार पनि हामीले खाने खानाको प्रभाव रहन्छ । कुन रक्त समूहको व्यक्तिलाई कस्तो खाना उपयुक्त हुन्छ भन्ने कुराको सामान्य ज्ञान हुनुपर्छ । रक्त समूहलाई मध्यनजर गरेर खानपान छनौट गर्दा शरीरलाई त्यसबाट बढी लाभ पुग्छ । 


    • स्वास्थ्य पेज

  • ४ पुष २०७८, आईतवार

रक्त समूह अनुसार पनि हामीले खाने खानाको प्रभाव रहन्छ । कुन रक्त समूहको व्यक्तिलाई कस्तो खाना उपयुक्त हुन्छ भन्ने कुराको सामान्य ज्ञान हुनुपर्छ । रक्त समूहलाई मध्यनजर गरेर खानपान छनौट गर्दा शरीरलाई त्यसबाट बढी लाभ पुग्छ ।

एन्टीजेन मार्कर के हो ?

हरेक प्रकारको ब्लडमा एक खास प्रकारको एन्टीजेन मार्कर हुन्छ । यस मार्करले खाना पचाउनमा सहयोग गर्छ । यो एन्टीजेन मार्करले अलग–अलग खानामा अलग–अलग तरिकाबाटै प्रतिक्रिया जनाउँछ । यदि यसको पहिचान गरेर सहि ढंगबाट डाइट लिएमा स्वास्थ्य रहन सकिन्छ ।

 

रिर्सचले के भन्छ ?

अमेरिकाको नेचुरोप्याथी एक्सपर्ट डाक्टर पीटर जे डीको रिर्सचको अनुसार हरेक व्यक्तिले खाने खाद्य पदार्थ उनको ब्लड ग्रुपसँग रसायनिक रुपबाट प्रतिक्रिया गर्छ । यदि हरेक मानिसले आफ्नो रक्त समूह अनुसार खाना खाएमा शरीरले राम्रोसँग खाना पचाउन सक्छ । राम्रोसँग खाना पच्नु भनेको तौल नियन्त्रण हुनु पनि हो । शरीरमा एक्स्ट्रा फ्याट जम्नुबाट पनि रोक्छ ।

 

डाक्टर पीटर विश्वमै ब्लड ग्रुपको हिसाबबाट डाइट लिनुपर्छ भन्ने सिद्धान्तको लागि परिचित छन् । उनको अनुसार ब्लड ग्रुपको हिसाबले खाना खाएमा शरीरमा धेरै मात्रामा उर्जा मिल्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । हरेक व्यक्तिको पाचन शक्ति र प्रतिरोधी क्षमता उसको रक्त समूहमा निर्भर रहन्छ ।

 

किन खाने रक्त समूह अनुसार खाना 

हरेक खानामा लेक्टिस नामक प्रोटिन हुन्छ । अलग–अलग रक्त समूहको व्यक्तिको रगत खानामा पाइने यस प्रोटिनमा फरक किसिमको प्रतिक्रिया जनाउँछ  । जसको सिधा असर हाम्रो स्वास्थ्यमा पर्न जान्छ । रक्त समूह अनुसारको डाइट चार्ट तयार गरेमा लाभदायक हुन्छ । जसले तौल नियन्त्रणमा पनि सहयोगी भुमिका खेल्छ । तर प्रश्न उठ्न सक्छ, तौल नियन्त्रण गर्न ब्यक्तिगत डाईट चार्ट वा तालिका बनाएर पनि गर्न सकिन्छ रक्त समूह डाइट नै किन लिने ? किनभने हरेक व्यक्तिको पाचन क्षमता र प्रतिरोधात्मक क्षमता उसको रक्त समूहमा निर्भर रहन्छ । रक्त समूह अनुसार खाना खाँदा सानोतिनो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

 

 

प्रतिक्रिया कसरी गर्छ 

डाइट थियोरी अनुसार जब हामी खाना खान्छौ, हाम्रो रगतमा एक प्रकारको मेटाबोलिक प्रतिक्रिया हुन्छ । यस्तोमा हामीले खाएको खानामा भएको प्रोटिन र विभिन्न ब्लड ग्रुपमा भएको एन्टिजेनमा परस्पर प्रतिक्रिया हुन्छ । खराब भोजन गर्नाले एन्टिजेनमा प्रतिक्रिया गर्छ । लेक्टिस टाँसिने किसिमको प्रोटिन हुन्छ । यो लेटिक्स जुन रक्त समुसँग मेल खाँदैन, शरीरको कोशिकाहरुमा हानी पुर्‍याउँछ । भोजनबाट प्राप्त गर्ने लेक्टिस हानिकारक हुँदैन तर अलिअलि भए पनि हाम्रो शरीरमा असर गर्छ । यदि यो लेक्टिस रक्त समूहसँग मेल खाएन भने शरीरमा जलन र सूजन हुन सक्छ ।

ब्लड ग्रुप र रोग प्रतिरोधक क्षमता 

‘ओ’ रक्त समूहको व्यक्तिहरुमा प्रायजसो एग्जिमा, एलर्जी, ज्वरो आदि हुने आशंका बढी हुन्छ । ‘बी’ रक्त समूह भएको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । ‘एबी’ रक्त समूह भएको व्यक्तिलाई सानो तिनो बिरामीले छुँदैन । तर यो समुह भएको व्यक्तिलाई क्यान्सर, एनिमिया वा मुटुको रोग लाग्ने सम्भावना अधिक हुन्छ ।

जस्तो ब्लड ग्रुप त्यस्तै खाना

रक्त समूह अनुसारको आहारले तन्दुरुस्त रहन मद्दत गर्छ । रक्त समूहको हिसाबले खाना खाएमा स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदायक हुन्छ । स्वस्थ शरीरको लागि रक्त समुह अनुसारको खानपानले प्रभाव पार्छ । शरीरलाई स्वस्थ राख्नको लागि सन्तुलित आहारसँगै आफ्नो रक्त समुह अनुसारको उचित खानपानमा ध्यान दिँदा  दुई गुणा बढी फाइदा हुन्छ । रक्त समुह अनुसारको आहार लिँदा नेगेटिभ र पोजेटिभ दुवै रक्त समुहको एकै प्रकारको आहार लिनुपर्छ । कुन रक्त समूह भएको व्यक्तिले कस्तो आहार लिने ?

 

रक्त समूह ‘ए’ शाहाकारी भोजन

रक्त समूह ‘ए’ भएको व्यक्तिले मांसाहारी भन्दा शाहाकारी भोजन लिनु उत्तम हुन्छ । यो समुह भएको व्यक्तिको प्रतिरक्षा प्रणाली संवेदनशिल हुन्छ । यो समुह भएको ब्यक्तिले लागि हरियो सब्जी, अन्न, अंकुराएको गेडागुडी, फल ड्राई फ्रुट्स, ब्रेड, नुडल्स, चाइनिज फुड, डिनर रोल, बर्गर जस्ता खानेकुरालाई प्राथमिकता दिनुपर्छ । तौल घटाउनको लागि मासु, दुधबाट बनेको परिकार, गहुँ प्रतिबन्धित गर्नुपर्छ ।

अन्य रक्त समूहको तुलनामा यो ग्रुप भएको ब्यक्तिको पाचन शक्ति कमजोर हुन्छ । मासु तथा दुधबाट बनेको परिकार पचाउन सक्दैनन् । पेटसँग जोडिएको समस्या हुने सम्भावना बढी हुन्छ । समुह ‘ए’ को रगतमा गाढापन बढी हुने भएकोले सब्जी र फलफुलको प्रयोग बढी गर्नुपर्छ । क्षारयुक्त फलको सेवन गर्दा फाइदा हुन्छ । मांसाहारी खाना खाने हो भने रेड मिटको सट्टा माछाको प्रयोग गर्न सकिन्छ ।

समूह ‘बी’ संयमित आहार

रक्त समूह ‘बी’ भएको ब्यक्तिले विभिन्न किसिमको भोजन लिन सक्छन् ।  दुधबाट बनेको परिकार सन्तुलित मात्रामा लिनुपर्छ । हरेक प्रकारको गेडागुडी, सब्जी, अन्न खान सक्छन् । रक्त समूह ‘बी’ भएको ब्यक्तिलाई सबै प्रकारको खाना सुट गर्छ । तर खाना संयमित भएर खानुपर्छ । बिहानको खानामा मासु खाँदा बेलुका सब्जी खानुपर्छ । प्याकेजिङ गरिएको खाद्य पदार्थ, बन्दागोभी, मकै, तिल, बदाम, चना, मुसुरोको दाल, रहरको दाल प्रतिबन्ध गर्नुपर्छ । अत्याधिक मात्रामा गँहु र टमाटरले पनि फाइदा गर्दैन । तौल नियन्त्रण गर्नको लागि मकै, चिकेन, गँहु, बदामको सेवन गर्नुहुँदैन । अण्डा, मासु, हरियो सब्जी र ग्रीन टीको सेवनले तौल कम गर्न सघाउ पुर्‍याउँछ ।

समुह ‘एबी’ सन्तुलित आहार

समुह ए र बी दुवै रक्त समूहको लक्षण ग्रुप ‘एबी’ मा पाइन्छ । तर यस रक्त समूह भएको ब्यक्तिले अधिक मात्रामा शाहाकारी भोजन नै खानुपर्छ । फलफुल र सब्जीको प्रयोग बढी गर्नुपर्छ । रक्त समूह ‘एबी’ भएको ब्यक्तिले माछा, मासु, सब्जी, अन्न, कार्बोहाइड्रेट, दुध, दुधबाट बनेको परिकार खाँदा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । अर्थात बढी भन्दा बढी प्रोटिन भएको खाना लिनुपर्छ । यस प्रकारको खाना खाँदा स्वस्थ रहन सकिन्छ । मांसाहारीमा माछा राम्रो विकल्प हो ।

यस रक्त समूहको मानिसले मिश्रित आहार लिन सक्छन् । तापनि रेड मिट, मकै आदि खाना प्रतिबन्धित गर्नु नै राम्रो हुन्छ । पेटमा समस्या भएमा बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । तौल कम गर्नको लागि रेड मिट र राजमाको सेवनबाट जोगिनुपर्छ । सोयाविन, पनिर, सी फुड, डेरी उत्पादन जस्ता खानेकुरा तौल नियन्त्रण गर्न सहायक बन्न सक्छ ।

समुह ‘ओ’ प्रोटिनयुक्त आहार

समुह ‘ओ’ सबैभन्दा पुरानो ब्लड ग्रुप हो । त्यसकारण उच्च प्रोटिन भएको खानेकुरा र मासु अधिक मात्रामा खानुपर्छ । उच्च प्रोटिन भएको खानासँगै कार्बोहाइड्ेरट, फलफुल र सब्जीको सेवन स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । तर दुधबाट बनेको खाना त्यति खानु हुँदैन । रेड मिट, सी फुड, पालुङ्गो, ब्रोकाउली तौल कम गर्न मद्दत गर्न सक्छ । तौल नियन्त्रण गर्न गँहु, मकै, मुसुरोको दाल, गोभी, चामल, भटमास, सिमी, दुधबाट बनेको परिकारबाट टाढै रहनुपर्छ । मांसहारीमा माछा, रेड मिट, चिकेनको सेवन गर्न सकिन्छ । किनभने पेटमा एसिडको मात्रा बढी हुने भएकोले पचाउनमा गाह्रो हुँदैन ।

  • ४ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech