बेलायतमा एकैदिन ९३ हजार ४५ जनामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ३ पुष २०७८, शनिबार

नेपालगन्जः बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्लो दिन बेलायतमा अहिलेसम्म कै उच्च दरमा संक्रमण देखिएको हो । एकैदिन ९३ हजार ४५ जनामा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कोरोनाको प्रकोप सुरु भएयताकै उच्च भएको बताइएको छ ।

६ करोड ७० लाख जनसंख्या रहेको बेलायतमा १ करोड १० लाख मानिस संक्रमित भइसकेका छन् । अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी छ ।

ओमिक्रोन भेरियन्टको संक्रमणसँगै प्रधानमन्त्री बोरिस जोन्सनले स्थिती भयावह हुनसक्ने चेतावनी दिनुभएको छ । सबै नागरिक खोेपका लागि तयार नभए संक्रमण नियन्त्रण गर्न समस्या हुने उहाँको भनाई छ ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech