थप १८९ जनामा कोरोना संक्रमण, २५० जना संक्रमणमुक्त

    • स्वास्थ्य पेज

  • ३ पुष २०७८, शनिबार

नेपालगन्जः नेपालमा पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७२ पुगेको छ।

शनिबार २५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ४२८ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ५ हजार ४८३ पीसीआर तथा २ हजार ५१४ एन्टिजेन परीक्षण भएको छ।

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech