नर्स अनुपमा श्रेष्ठको निधन

    • स्वास्थ्य पेज

  • २ पुष २०७८, शुक्रबार

नेपालगन्ज: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ ।

उहाँको उपचारका क्रममा आज अपरान्ह ४ बजेतिर निधन भएको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिनुभयो।

नर्स श्रेष्ठलाई बेहाेस अवस्थामा हिजो बाथरुममा फेला पारिएको थियो । उहाँलाई हिजै अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

उहाँ बाथरुममा लडेर बेहोस हुनुभएको हो या अन्य कुनै कारण, त्यसबारे थाहा हुन सकेको छैन ।

प्रतिष्ठानका उपकुलपति डा. रावलले  एक होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ ।

श्रेष्ठ गत जुलाइदेखि प्रतिष्ठानमा आवद्ध हुनुन्थ्यो ।

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech