नेपालगन्ज: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ ।
उहाँको उपचारका क्रममा आज अपरान्ह ४ बजेतिर निधन भएको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिनुभयो।
नर्स श्रेष्ठलाई बेहाेस अवस्थामा हिजो बाथरुममा फेला पारिएको थियो । उहाँलाई हिजै अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
उहाँ बाथरुममा लडेर बेहोस हुनुभएको हो या अन्य कुनै कारण, त्यसबारे थाहा हुन सकेको छैन ।
प्रतिष्ठानका उपकुलपति डा. रावलले एक होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ ।
श्रेष्ठ गत जुलाइदेखि प्रतिष्ठानमा आवद्ध हुनुन्थ्यो ।