सिद्धार्थ अस्पतालमा शनिबार दुई विशेषज्ञ चिकित्सकबाट निःशूल्क ओपीडी सेवा

    • स्वास्थ्य पेज

  • २ पुष २०७८, शुक्रबार

नेपालगन्जः नेपालगन्जको गणेशमान चोकस्थित सिद्धार्थ अस्पतालमा शनिवार ( भोली ) दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशूल्क ओपीडी सेवा दिने भएका छन् । अर्थोपेडिक र फिजिसियन सेवा दिन लागिएको अस्पतालले जनाएको छ ।

भोली विहान ९ बजेदेखि अस्पतालमा हाडजोर्नी तथा नशा रोग र छाती, मुटु, मधुमेह र उच्च रक्तचापलगायत रोगको निःशूल्क जाँच तथा परामर्श सेवा प्रदान गरिने छ । हाडजोर्नी तथा नशा रोग सम्वन्धित सेवा अर्थोपेडिक्स सर्जन डा.लक्ष्मण सिग्देल र फिजिसियन सेवा डा. विपिन आचार्यले प्रदान गर्नुहुने बताइएको छ ।

डा.सिग्देलका अनुसार, प्रत्येक शनिवार अन्य फरक फरक रोगको समस्याको निःशूल्क जाँच र परामर्श सेवा प्रदान गर्दै लैजाने अस्पतालको योजना छ । जसबाट विरामीहरुले सहजै उपचार सेवामात्र प्राप्त गर्ने छैनन् उनीहरुले परामर्श सेवा समेत पाउने भएका छन् ।

विशेषज्ञ चिकित्सकबाट चेकजाँच र परामर्श दिइने भएकाले विरामीले गुणस्तरीय स्वास्थ्य सेवाको उपयोग गर्न पाउने छन् ।

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech