बाँकेमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २ पुष २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५५ नमुना परीक्षण गर्दा थप चारजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १३ नमुना परीक्षण गर्दा तीन जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै मेडिकल कलेज कोहलपुरमा २९ र बागेश्वरी ल्यावमा १३ नमुना जाँच्दा कसैलाई पनि कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएका तीनै जना बाँकेका हुन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार चार सय ८६ पुगेको छ ।

यस्तै थप तीन जना डिस्र्चाज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय २४ पुगेको छ ।

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech