भारी हिमपात भएसँगै खोप रोकियो

    • स्वास्थ्य पेज

  • २ पुष २०७८, शुक्रबार

नेपालगन्जः उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोपसमेत रोकिएको छ ।

मङ्सिरदेखि चैतसम्म खोप बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । त्यस्तै बर्थिङ सेन्टरसमेत बन्द हुँदा घरमै सुत्केरी हुने गरेको पाइएको छ ।

शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ  पालिकामा बर्थिङ सेन्टरसमेत नरहेको उहाँले बताउनुभयो ।

सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुने गरेको शाहीले जानकारी दिनुभयो ।

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech