रुघाखोकीलाई गम्भीरतापूर्वक नलिए हुन सक्छ खतरा

    • स्वास्थ्य पेज

  • २ पुष २०७८, शुक्रबार

रुघाखोकीलाई प्रायः मानिसले गम्भीरतापूर्वक लिँदैनन् र लापरबाही गर्छन् । यद्यपि यही समस्या बढेर खतरनाकसमेत हुनसक्छ । त्यसैले समयमै सावधानी अपनाउनु उपयुक्त हुन्छ ।

लक्षण

-बन्द वा बग्दो नाक ।
-हाछ्युँ आउनु ।
-घाँटीमा पीडा ।
-हल्का ज्वरो ।
-जिउ र शिरमा पीडा ।
-भोकको कमी ।
-अनिद्रा एवं बेचैनी ।
कारण

-तारेको वा भुटेको खाना बढी खानु ।
-कोल्ड ड्रिङ्क्स पिउनु ।
-मौसममा परिवर्तन पनि कफ, कोल्ड हुनुको एउटा कारण हो ।
-भोजन सही ढंगले नपचेको स्थितिमा त्यो म्युकस टक्सिनमा परिवर्तन हुन्छ र श्वासतन्त्रमा पुगेर कफ उत्पन्न गर्छ ।
-चिसो हावामा घुम्नु वा पानीमा भिज्नु पनि रुघाको कारण बन्छ ।

के नखाने ?

-कोल्ड फुड एण्ड ड्रिङ्क्स ।
-आइसक्रिम, स्वीट्स तथा फ्राइड फुड्स ।
-पनिर, क्रिम एवं दही ।
-स्वीट र कोल्ड फ्रुट जुस ।
-पेस्ट्रिज र केक ।

के नगर्ने ?

-दिउँसो नसुत्ने ।
-चिसो पानीले ननुहाउने ।
-चिसोमा ऊनीका कपडा लगाएर मात्र बाहिर निस्कने ।
-चिसो हावा, पंखा वा एसीको सम्पर्कमा नरहने ।

के खाने

-तरकारी र दाल ।
-भेजिटेबल सूप ।
-हर्बल टी ।
-तातो दूधमा अदुवा मिसाएर खाने ।
-आधा चम्चा बेसार मिसाएर दूध पिउने ।
-उपचार विधि

रुघा र कफ भएका बेला बाफ लिए राहत प्राप्त हुन्छ । विशेषगरी जब छातीमा कफ फसेको महसुस हुन्छ । बजारमा उपलब्ध आयुर्वेदिक कफ सिरप पनि लाभदायक साबित हुन्छन् ।

आधा चम्चा अदुवाको रसमा आधा चम्चा मह मिसाएर दिनमा तीन पटक खानुपर्छ । जाडो मौसममा यसमा एक चम्चा तातो पानी मिसाउन सकिन्छ ।
एक चम्चा कागतीको रस र एक चम्चा महमा आधा कप मनतातो पानी मिसाएर पिउनुपर्छ ।

यसलाई दिनमा अनेकौं पटक सेवन गर्न सकिन्छ । यसबाट जाडोमा राहत प्राप्त हुन्छ । अदुवाको एउटा सानो टुक्रामा नुन हालेर खाँदा पनि कोल्ड एण्ड कफमा लाभ मिल्छ ।

 

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech