बेलायतमा एकै दिन झण्डै ८० हजारमा कोरोना संक्रमण

गत हिउँदको भन्दा संक्रमण झन् बढी


    • स्वास्थ्य पेज

  • २ पुष २०७८, शुक्रबार

नेपालगन्जः बेलायतमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमणसंगै बुधबार एकैदिन ७८ हजार ६ सय बढी नयाँ संक्रमित थपिएर संक्रमणको नयाँ रेकर्ड बनाएको हो । यो संख्या गत वर्ष जनवरीको उच्चतम् संक्रमण दर भन्दा बढी हो । ६ करोड ७० लाख जनसंख्या रहेको बेलायतमा १ करोड १० लाख मानिस संक्रमित भईसकेका छन् ।

ओमिक्रोन भेरियन्टको संक्रमणसंगै प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमणको आँधी नै आउनसक्ने चेतावनी दिनुभएको छ । यद्यपी संक्रमण रोक्नका लागि अघि सारिएको मापदण्ड विरुद्ध १ सय जना भन्दा बढी सरकारी वकिलहरुले नै मतदान गरेका छन् ।

एक साताभित्रै देशभित्र अस्ताल भर्ना हुनेको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको भन्दै प्रधानमन्त्री जोन्सनले सर्वसाधारण जति छिटो खोपका लागि तयार हुन्छन उति नै सजिलोसंग संक्रमणलाई नियन्त्रण गर्न सकिने बताउनुभएको छ । ओमिक्रोन संक्रमणपछि खोप लगाउनेहरुको संख्या पनि बढेको बताइएको छ ।

  • २ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech