भेरी अस्पतालमा १६ नमुना जाँच्दा ४ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १ पुष २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा थप चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा थप चारजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १६ नमुना परीक्षण गर्दा चारजनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै मेडिकल कलेज कोहलपुरमा ३७ र बागेश्वरी ल्यावमा १९ नमुना जाँच्दा कसैलाई पनि कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका तीन जना छन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार चार सय ८३ पुगेको छ ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech