जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज मोडर्ना र जोन्सन खोप प्रदान

    • स्वास्थ्य पेज

  • १ पुष २०७८, बिहीबार

काठमाडौंः जर्मनीले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई मोडर्ना र जोन्सन एन्ड जोन्सन खोप गरी साढे ४१ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ ।

जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप प्रदान गर्नुभयो । कोभ्यासमार्फत सो परिमाणको खोप नेपालले प्राप्त गरेको हो ।

मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने भएको छ ।

एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज पनि काठमाडौं आइपुगेको छ । २१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो। यसअघि आइतबार १९ लाख ६५ हजार ६०० डोज खोप नेपाल आइसकेको छ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech