खजुरा क्यान्सर अस्पतालमा गलगाँडको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • २९ मंसिर २०७८, बुधबार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गलगाँडको सफल शल्यक्रिया गरिएको छ । थाइराइड ग्रन्थीको आकार बढ्नुलाई गलगाँड भनिन्छ ।

बाँके खजुरा गाउँपालिका–२ गौघाटकी ३६ वर्षीया बालकुमारी खत्रीको गलगाँडको सफलतापूर्वक शल्यक्रिया गरिएको ईएन्टी सर्जन डा आनन्द कर्णले जानकारी दिनुभयो । खत्री विगत १० वर्षदेखि गलगाँडको समस्याबाट पीडित हुनुहुन्थ्यो । पछिल्ला दिनहरुमा सास लिन र निल्न कठिनाई हुँदै गएको थियो ।

‘विस्तारै गलगाडको साइज बढ्दै गएपछि उहाँलाई निकै गाह्रो हुन थाले छ ईएन्टी सर्जन कर्णले स्वास्थ्य पेजसँग भन्नुभयो–‘खजुरा क्यान्सर अस्पतालमा यति ठूलो साइजको शल्यक्रिया पहिलो पटक ग¥यौं । विरामीको स्वास्थ्य अवस्था अहिले नर्मल छ ।’

खत्रीको थाइराइड ग्रन्थीको आकार बढेर १०-८ सेन्टिमिटर पुगेको थियो । ईएन्टी सर्जन कर्णको नेतृत्वमा अर्का ईएन्टी सर्जन रवी स्वाँर, एनेस्थेसियोलोजिष्ट डा कृष्ण आचार्यलगायतको टिमले शल्यक्रिया गरेको हो ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech