जाडोमा इन्फ्लुएन्जा भाइरसबाट कसरी बच्ने ?

    • स्वास्थ्य पेज

  • २९ मंसिर २०७८, बुधबार

सरकारले जाडोमा इन्फ्लुएन्जा भाइरसबाट सुरक्षित रहन आग्रह गरेको छ । प्रायः जाडो मौसममा यसको जोखिम बढ्ने गर्दछ । त्यसकारण पनि जाडोमा सबैले विशेष ध्यान दिनुपर्ने मन्त्रालयको भनाइ छ ।

इन्फ्लुएन्जालाई सामान्य बोलीचालीको भाषामा फ्लु भनिन्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि युवा, अधबैँसे र वृद्धवृद्धासमेत गरि सबै उमेर समूहका व्यक्तिहरूलाई लाग्न सक्छ ।

फ्लु कसरी सर्छ ?
फ्लु भएका व्यक्तिले बोेल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस यो भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लु लाग्न सक्छ ।

के हुन् फ्लुका लक्षण ?
–ज्वरो आउनु
–खोकी लाग्नु र घाँटी दुख्नु
–टाउको दुख्नु
–नाक बन्द हुनु वा सिँगान बग्नु
–जिउ र मांसपेशी दुख्नु
–थकान महसुस हुनु

फ्लुको रोकथाम कसरी गर्ने ?
–बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी कायम राख्ने
–सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने
–खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने
–बेलाबेलामा साबुनपानीले मिचिमिची धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
–शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त मात्रामा तरल पदार्थ र पौष्टिक खाना खाने
–आफ्नो आँखा, नाक वा मुख नछुने
फ्लु भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन । दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा राग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लुले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कतिपय अवस्थामा फ्लु भएका बिरामीहरूलाई ज्वरो पनि नआउने हुन सक्छ ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech