निःसन्तान हुनुको कारण पहिचान गर्न नेपालगन्जमा शिविर आयोजना

    • स्वास्थ्य पेज

  • २९ मंसिर २०७८, बुधबार

नेपालगन्ज: वात्सल्य नेचुरल आइभीएफले नेपालगन्जमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

उक्त क्लिनिकले प्रजनन् समबन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने हेतुले नेपालगन्जमा एक दिने शिविर गराउन लागेको हो।

यही पौष १७ गते वात्सल्य हेल्थकेयर, नेपालगन्ज शाखामा शिविर आयोजना गरिएको छ ।

यस शिवरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा आकृति भारतीको संलग्नता रहनुभएको छ।

शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धी छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न सक्ने छन्।

सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। पूर्ण परीक्षणपछि आइभी नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।

वात्सल्य नेचुरल आइभीएफले नेपालगन्जसहित पोखरा, विर्तामोड र जनकपुरमा शिविर आयोजना गरिएको जनाएको छ ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech