पहिलो पटक ‘ओमिक्रोन’ संक्रमणबाट मृत्यु

    • स्वास्थ्य पेज

  • २८ मंसिर २०७८, मंगलवार

नेपालगन्जः बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट मृत्यु भएको पहिलो घटना सार्वजनिक भएको छ। प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको बताउनुभएको हो ।

जोनसनले नयाँ भेरियन्टको संक्रमण देखिएका सबैलाई अस्पतालमा भर्ना गरिएको बताउँदै खोपको बुस्टर डोज लगाउन सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री जोनसनले यो महिनाको अन्त्यसम्ममा देशका सबै वयस्कहरूलाई खोपको बुस्टर डोज उपलब्ध गराउने लक्ष्य राखेको बताउनुभयो ।

स्वास्थ्य मन्त्री साजिद जाविदले ओमिक्रोनका २० प्रतिशत केसहरू बेलायतमा रहेको भन्दै केही संक्रमितलाई अस्पतालमा भर्ना गरिएको बताउनुभयो।

बेलायतमा सोमबार ५४ हजार ६६१ नयाँ कोरोना भाइरसका घटना दर्ता भएका छन् भने २८ दिनभित्र ३८ जनाको मृत्यु भएको छ। बेलायतमा ओमिक्रोनका ४ हजार ७१३ केस पुष्टि भएका छन्।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech