कोरोना खोप लगाईदिन २० हजार रुपैयाँ घुस लिएको आरोपमा दुई स्वास्थ्यकर्मी पक्राउ

    • स्वास्थ्य पेज

  • २८ मंसिर २०७८, मंगलवार

नेपालगन्जः कोरोना विरुद्धको खोप लगाउन २० हजार रुपैयाँ घुस लिएको आरोपमा २ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

महोत्तरी स्वास्थ्य चौकी, महोत्तरीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेका कृष्णाकुमार यादवलाई पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले एक विज्ञप्ति जारी गर्दै निशुल्क रुपमा लगाइदिनुपर्ने खोप लगाइदिन सेवाग्राहीसँग २० हजार रकम मागेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो।

उनीहरुलाई जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट नियन्त्रण लिई आवश्यक अनुसन्धान अगाडी बढाएको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट अटिएको टोलीले जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट रकम सहित दुबै जनालाई नियन्त्रण लिई अनुसन्धान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech