बाँकेमा चारसहित पाँच जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २८ मंसिर २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा पाँच जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा बाँकेका चारसहित पाँचजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार चार सय ७९ पुगेको छ ।

बागेश्वरी ल्यावमा ८ र कोहलपुर मेडिकल कलेजमा २२ नमुना जाँच्दा सबै नेगेटिभ आएको थियो । यस्तै थप एक जना डिस्चार्ज भएका छन् ।

योसँगै जिल्लामा डिस्र्चाज हुनेको संख्या १८ हजार एक सय २१ पुगेको छ ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech