कोरोना बिमाको समस्या समाधानका लागि गृहकार्य भइरहेको छः अर्थमन्त्री

    • स्वास्थ्य पेज

  • २७ मंसिर २०७८, सोमबार

काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले कोरोना बिमा भुक्तानीमा देखिएको समस्या समाधानका लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।

सोमबार बिमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको छ।

कोरोना बिमा गरेका करिब एक लाख व्यक्तिले बिमा दावी गरे पनि भुक्तानी पाउन सकेका छैनन् ।

कोरोना बिमाबाट अर्बौंको दायित्व सिर्जना भएको भन्दै अर्थमन्त्री शर्माले त्यो समस्या समाधान गर्न गृहकार्य भइरहेको बताउनुभयो । त्यसलाई चाँडै निचोडमा पुर्‍याइने उहाँको भनाइ थियो ।

 

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech