भेरी अस्पतालमा पनि कोभिड खोप 

    • स्वास्थ्य पेज

  • २७ मंसिर २०७८, सोमबार

नेपालगन्ज: बाँकेमा कोरोना विरुद्धको खोप लगाउन कोही नछुटुन् भनि आजबाट लगातार ५ दिनसम्म खोप अभियान सञ्चालन हुने भएको छ ।

खोप लगाउनबाट कोहि वञ्चित हुन नपरोस् भनि फाइजर , भेरोसेल खोपको दोसो्र मात्रा र १८ वर्ष उमेर पुगेका तर अहिलेसम्म पहिलो डोज लगाउन नपाएकाहरुलाई कोभिशिल्डको पहिलो डोज दिईने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो मात्रा लिन भने पहिलो मात्रा खोप लगाएको कार्ड र पहिलो मात्राका लागि १८ वर्ष पुगेको प्रमाण अनिवार्य ल्याउन भनिएको छ ।

खोप नेपालगन्ज स्थित भेरी अस्पतालमा लगाईने छ । यसैबिच डुडुवा, बैजनाथ, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा आज पनि भेरोसेल र कोभिशिल्डको पहिलो र दोस्रो डोज खोप लगाइदै छ । त्यहाँ हिजो पनि खोप दिईएको थियो ।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech