जुम्लामा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ

राष्ट्रपति भण्डारीले ग्रामीण क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।


    • स्वास्थ्य पेज

  • २६ मंसिर २०७८, आईतवार

नेपालगन्जः राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमी भवनको शिलान्यास गर्दै शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले ग्रामीण क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले रोग र भोकको उपनाम पाएको कर्णालीले स्वास्थ्य क्षेत्रमा फड्को मारेको भन्दै देशलाई दक्ष जनशक्ति दिने सामर्थ्यको विकास भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले विशेषज्ञ सेवासहितको उपचार र अनुसन्धान सुरु भएकोले अब जटिल रोगको उपचार जुम्लामै सम्भव भएको बताउनुभयो ।

राष्ट्रपतिले प्रतिष्ठान स्थापनामा पहल गर्ने र जग्गादातालाइ सम्मान समेत गर्नुभएको छ। चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबिबिएसका लागि २० वटा कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन् । बि फर्मामा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएसतर्फ १६ जना, एमबिबिएसतर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech