९४ नमुना जाँच्दा ५ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २६ मंसिर २०७८, आईतवार

नेपालगन्जः बाँकेमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९४ जनाको नमुना जाँच्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १६ जनाको नमुना जाँच्दा १ जना र कोहलपुर मेडिकल कलेजमा ५४ जनाको नमुना जाँच्दा ४ जनामा कोरोना संक्रमण देखिएको छ । बागेश्वरी ल्यावमा २४ जनाको नमुना जाँच्दा गर्दा कसैलाई पनि कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ७२ पुगेको छ । यस्तै थप २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय २० पुगेको छ ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech