बाँकेका चारपालिकामा कोभिड विरुद्धका खोप दिन सुरु

    • स्वास्थ्य पेज

  • २६ मंसिर २०७८, आईतवार

नेपालगन्जः बाँकेका चारवटा पालिकामा आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

डुडुवा, बैजनाथ, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा आज र भोली भेरोसेल र कोभिशिल्डको पहिलो र दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैजनाथमा १९ हजार २ सय ५४ जनालाई पहिलो डोज, ३ हजार १ सय ८ जनालाई दोस्रो डोज, डुडुवामा १३ हजार ७ सय ४५ जनालाई पहिलो डोज र ३ हजार ९ सय २१ जनालाई दोस्रो डोज खोप दिइने छ । यस्तै नरैनापुरमा १७ हजार ५ सय ७९ जनालाई पहिलो डोज, ३ हजार २ सय १४ जनालाई दोस्रो डोज र राप्तीसोनारीमा २० हजार ४ सय ४० जनालाई पहिलो डोज र ४ हजार ४ सय १३ जनालाई दोस्रो डोज खोप दिइने श्रेष्ठले बताउनुभयो ।

यसअघि २३ र २४ गते नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा खोप लगाइएको थियो । बाँकेमा १ लाख ६५ हजार १२ जनालाई पहिलो डोज र ३० हजार ७ सय ६३ जनालाई दोस्रो डोज खोप लगाउने लक्ष्य छ ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech