कोभिड संक्रमित ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • २६ मंसिर २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका-१० कैलालीका ४२ वर्षीय पुरुषको उपचारका क्रममा भरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिवार भेरी अस्पतालमा भर्ना भएका थिए । त्यसैदिन पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको उनको भोलीपल्ट अर्थात आज विहान ५ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४३६ जनाको मृत्यु भएको छ ।

  • २६ मंसिर २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech