कालो कोठी फैलिएर समस्यामा परेकी एक बालिकाको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • २५ मंसिर २०७८, शनिबार

नेपालगन्ज: कालो कोठी फैलिएर समस्यामा परेकी एक बालिकाको सफल शल्यक्रिया गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-४ बसपार्कका १४ वर्षीय बालिकाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा सफल शल्यक्रिया गरिएको अस्पतालका प्लास्टिक सर्जन डा.बिनोद कर्णले जानकारी दिनुभयो । मेडिकल भाषामा यो समस्यालाई {congenital giant melanocytic Naevus pilosus pigmentosus} भनिन्छ ।

कोठि सानो छदा जन्मजातको लक्षण भन्दै उपचारमा त्यति चासो नदिदा फैलिएर यति ठ्रलो भएको डा.कर्णले बताउनुभयो । चारदिन अघि बिरामीको टाउकोबाट ४०० ग्राम बढीको ट्युमर झिकिएको उहाँले जानकारी दिनुभयो ।

कोठी जन्मजात हो, केही हुदैन भन्दै लुकाएर बस्ने गरेका कारण यस्तो समस्या निम्तने गरेको छ । गाउँघरमा जन्मजात आएको चिज काट्नु पर्दैन भन्ने, कोहीले कपालले छेकेको छ भनेर लुकाउने गर्नाले पनि यस्ता समस्या निम्तने गरेको डा.कर्ण बताउँहुन्छ ।

गाउँघरमा यस्ता समस्या रहेका अन्य विरामीहरु पनि धेरै रहेको र उपचारको पहुचमा नरहेको भन्दै आर्थिक अवस्था लगायतकै कारण रोग पालेर नबस्न डा.कर्णले सबैमा आग्रह गर्नुभएको छ ।

आर्थिक अवस्था कमजोर रहेका यस्ता समस्या भएका बिरामीहरलाई आफुहरु निशुल्क उपचार गरेर सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech