बेलायतका वैज्ञानिक भन्छन्- ओमिक्रोन बाट बच्न कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनुपर्छ

    • स्वास्थ्य पेज

  • २५ मंसिर २०७८, शनिबार

तस्बिर:बिबिसी

नेपालगन्ज: कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बाट बच्न कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनुपर्ने बेलायतका वैज्ञानिकले जनाएका छन् । खोपको दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट जोगिन नसकिने उनिहरुले बताएका हुन् ।

ओमिक्रोन र डेल्टा भेरियन्टलाई लिएर गरेको प्रारम्भिक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि खोपको दुई मात्रा पर्याप्त नदेखिएको बेलायतका वैज्ञानिकले जनाए ।

बुस्टर अर्थात तेस्रो मात्राको खोप लगाउँदा ७५ प्रतिशत व्यक्तिमा संक्रमण नदेखिएको वैज्ञानिकले बताएका छन् ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएर अहिले विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेको ओमिक्रोन भेरियन्ट अहिलेसम्म सबैभन्दा धेरै उत्परिवर्तन म्युटेशन भएको हो ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech