बाँकेमा १४ र १५ वर्षका बालबालिकालाई कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २४ मंसिर २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका १४ र १५ वर्षका बालबालिका पनि छन् । भेरी अस्पताल नेपालगन्जमा २३ नमुना परीक्षण गर्दा ३ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्यावमा १२ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ७३ पुगेको छ ।

यस्तै आज २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ११८ पुगेको छ ।

  • २४ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech