महिनावारी भएका बेला के गर्ने ?

    • स्वास्थ्य पेज

  • २४ मंसिर २०७८, शुक्रबार

-ताजा फलफूल बढी खानुहोस् । यसमा भएको भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथै प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित खानुपर्छ ।
-दैनिक ८ देखि १० ग्लास अर्थात् ४ लिटरभन्दा बढी पानी पिउनुहोस् । यस्तो अवस्थामा मद्यपानले यिष्टको वृद्धि गराउने भएकाले मदिरालगायत चिया, कफी पनि कम सेवन गर्नुहोस् ।

-धेरै गुलियो खानेकुरा तथा दुधबाट बनेका परिकारले योनिमार्गका जीवाणुको वृद्धिमा मद्दत गर्छन्, त्यसैले यस्ता खानेकुरा कम खानुपर्छ ।

-सरसफाइमा सजग हुनुहोस् । सधै आफ्नो यौनाङ्ग सफा राख्नुहोस्, तर धेरै पखाल्ने काम नगर्नुहोस् ।

-सधैं अगाडिबाट ९योनिमार्गतिरबाट० पछाडि ९मलद्वारतिर० पखाल्नुहोस् । यसले मलद्वारमा भएको जीवाणुलाई योनिमार्गमा तथा पिसाब नलीमा जानबाट रोक्छ ।

-योनिमार्ग सफा गर्न महङ्गो अनि बास्नादार साबुन वा सेम्पु नै चाहिँदैन । सामान्य साबुन वा कम क्षार भएका भजाइनल वासले पनि राम्रो सफाई गर्न सकिन्छ ।

-सुगन्धयुक्त प्याड तथा योनिमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु उपयुक्त होइन ।

-पीडा कम गर्न हट रबर ब्यागको प्रयोग वा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।

-धेरै रगत गए वा धेरै दिन सम्म रगत गए चिकित्सकसँग परामर्श लिनुपर्छ ।

 

 

  • २४ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech