नेपालगन्जः बाँकेमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५८ नमुना जाँच्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्यावमा १÷१ जनागरी दुईजनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ । मेडिकल कलेजमा जाँच गरिएका नमुनाको रिपोर्ट भने नेगेटिभ आएको थियो । संक्रमण पुष्टि भएकामध्ये २ जना नै बाँकेका हुन् । ती राप्तीसोनारी र नेपालगन्जका हुन् ।
योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६९ पुगेको छ ।