बाँकेका १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु

    • स्वास्थ्य पेज

  • २३ मंसिर २०७८, बिहीबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा आज विहीबारदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । दुई चरणमा पहिलो र दोस्रो डोजको खोप लगाउन सुरु गरिएको

हो । १ लाख ६५ हजार १२ जनालाई पहिलो डोज र ३० हजार ७ सय ६३ जनालाई दोस्रो डोज खोप लगाइने छ । जिल्लाका आठवटा पालिकामध्ये आज नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाइँदै छ ।

भोलि शुक्रबारसम्म यी पालिकामा खोप लगाइने जानकारी दिँदै स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले पालिकाका सबै स्वास्थ्य संस्थामा खोप केन्द्र तय भएको छ । कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो डोज खोप लगाइने श्रेष्ठले बताउनुभयो ।

नेपालगन्जमा ४५ हजार ५ जनालाई पहिलो डोजको खोप लगाइने छ भने ५ हजार २ सय ३० जनालाई दोस्रो डोज खोप लगाइने छ । यस्तै कोहलपुरमा १९ हजार ६ सय १९ जनालाई पहिलो डोज खोप लगाइने छ भने ५ हजार १ सय १ जनालाई दोस्रो डोज खोप लगाइने छ ।

जानकी गाउँपालिकामा १४ हजार २२ जनालाई पहिलो डोज लगाइने छ भने २ हजार १ सय ३१ जनालाई दोस्रो डोज लगाइने छ । यस्तै खजुरा गाउँपालिकामा १५ हजार ३ सय ४८ जनालाई पहिलो डोज खोप लगाइँदा ३ हजार ६ सय ४५ जनालाई दोस्रो डोज लगाइने खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

डुडुवा, बैजनाथ, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा भने यही २६ र २७ गते खोप लगाइने छ । बैजनाथमा १९ हजार २ सय ५४ जनालाई पहिलो डोज, ३ हजार १ सय ८ जनालाई दोस्रो डोज, डुडुवामा १३ हजार ७ सय ४५ जनालाई पहिलो डोज र ३ हजार ९ सय २१ जनालाई दोस्रो डोज, नरैनापुरमा १७ हजार ५ सय ७९ जनालाई पहिलो डोज, ३ हजार २ सय १४ जनालाई दोस्रो डोज र राप्तीसोनारीमा २० हजार ४ सय ४० जनालाई पहिलो डोज र ४ हजार ४ सय १३ जनालाई दोस्रो डोज खोप लगाइने छ ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech