डुडुवामा यही २६ गतेदेखि १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०७८, बुधबार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिकामा यही २६ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाका अनुसार, २६, २७ र २८ गतेगरी तीन दिनसम्म प्रत्येक स्वास्थ्य संस्थाबाट खोप लगाइने छ । १८ वर्ष माथिका सबैलाई खोप लगाउन प्रमुख बुढाले आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसको जोखिमबाट जोगिन खोप उपयुक्त भएकाले खोप लक्षित समूहलाई खोप लगाउन उहाँको आग्रह छ । डुडुवामा ३० हजारबढीलाई खोप लगाउने लक्ष्य छ ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech