बाँकेमा आज दुई जनामा कोभिड

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०७८, बुधबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६६ नमुना जाँच्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी ल्यावमा १÷१ जनागरी दुईजनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । ती खजुराकी ३२ वर्षीया महिला हुन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६७ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय १६ पुगेको छ ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech