उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०७८, बुधबार

नेपालगन्जः बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण ज्यान गएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार चदारले घरमै शिशुलाई जन्म दिनुभएको थियो । त्यसको केहीबेरमै उहाँको ज्यान गएको थियो । घरमै सुत्केरी हुनुभएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगी झाँक्रीकहाँ लगिएको थियो ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech