कोरोना संक्रमित ४० वर्षीय पुरुषको भेरीमा मृत्यु

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०७८, बुधबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–७ बर्दियाका ४० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

ती पुरुषलाई मंसिर ४ गते भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होमआइसोलेसनमै बसेका थिए । अवस्था जटिल बनेपछि मंगलवारमात्रै भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

उनको मंगलवार नै राती साढे १० बजे मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पसर्न तेज वलीले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ४३५ पुगेको छ ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech